१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ ,आजैमात्र १०८१ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६७ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा नाै सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ ।  

अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्