१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा काँग्रेस परित्याग गरि नेकपामा प्रेबश गर्नेको लहर बढ्दो

नुवाकोटमा नेपाली काँग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पाटीमा प्रबेश गर्नेको संख्यामा बृद्धि हुन थालेको छ ।

शनिबार मात्रै बिदुर नगरपालीकाका बिभिन्न वडाहरुका युवाहरु नेकपामा प्रबेश गरेका छन् । शनिबार करिब ६० जना बढी युवाहरु नेपाली कांग्रेस तथा अन्य दल त्यागि नेकपामा प्रबेस गरेको नेकपा नुवाकोटले बताएको छ । हिजो मात्रै तारकेश्वर गाउपालीकाका १ दर्जन युवाहरु नेकपा प्रबेश गरेका थिए ।
नव प्रबेशी युवाहरुलाई स्वागत गर्दै नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले युवा शक्ति परिवर्तनको संवाहक रहेकाले नेकपा नुवाकोट झन् शक्तिशाली बनेकोे बताउनु भयो । उहाले नेकपा आफ्नै मौलिक मोडलमा जन चाहान अनुसार चलेकाले पनि युवाहरुको आकांक्षा पाटीले पुरा गर्न सक्ने बिश्वास ब्यक्त गर्नु भयो । सचिव नारायण प्रसाद खतिवडाले अब पाटीको बिकाश र बिस्तार गर्ने जिम्मा युवाहरुको रहेको बताउनु भयो ।
नवप्रबेसी युवाहरुले स्थानिय सरकारले गरेको काम उपयुक्त लागेर आफुहरुले पनि बिकाशमा सहयोग गर्ने उद्धेश्यले पाटी प्रबेश गरेको बताएका छन् । उनिहरुले आफुहरु जस्तो हजारौको संख्यामा रहेको युवाशक्तिलाई पाटीले सहि तरिकाले परिचालन गर्ने र उर्वर काममा ब्याबस्थापन गर्ने आशा र बिश्वासका साथ पाटी प्रबेश गरेको बताएका छन् । अरु पाटीमा राजनितीक भबिष्य नरहेको समेत युवाहरुले बताए ।
त्यस्तै नेकपा नेता पुस्प लामिछाने , सुर्य कंडेल, शुभद्रा नेपाल, बिन्दा ढुंगाना लगाएतले पाटीको बिधी बिधान र नियमको बिषयमा जानकारी दिन भएको थियो ।
नव प्रबेसी युवाहरुलाई नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा ,सचिव नारायण प्रसाद खतिवडा लगाएतको जिल्ला कमिटीका सदस्यहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्