१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा बिप्लव समुहको गतिबिधी बढ्दै , भौतिक सम्पतीमा आगजनी , म्यागङका अध्यक्षलाई कारबाही गर्ने चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले म्यागङ गाउपालीकाका अध्यक्ष आशा तामाङलाई जनकारबाही गर्ने भन्दै बिज्ञप्ती जारी गरेको छ ।
‘विप्लव’ समूहद्धारा जारी बिज्ञप्तीमा म्यागङ गाउँपालिकाका आशा तामाङले आफुले गरेको अनियमीतता लुकाउन आगलागी गरेको आरोप लगाएको छ । आगलागी गरेको स्वीकार नगरे आफुहरुले कारबाही गर्ने जिल्ला इन्चार्ज बिन्दुद्धारा हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख छ । म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी नमागे जनकारबाही गर्ने धम्किपुर्ण बिज्ञप्ती जारी गरेको छ । म्यागङ गाउपालीकाको आगलागी बिजुली सट भएर लागेको छाबिन प्रतिबेदन सार्वजनिक गरेर जिल्ला प्रशासन कार्यलयले जानकारी गराएको थियो ।
केही समय नुवाकोटमा बिप्लव समुहको गतिबिधी प्राय शुन्य थियो । तर म्यागङ गाउपालीकाका अध्यक्षलाई जनकारबाही गर्ने चेतावनीयुक्त बिज्ञप्ती जारी गरे सगै बेलकोटगढी नगरपालीका वडा नं १३ का राजेन्द्र तामाङले संचालन गर्दै आएको एक थान स्काभेटर समेत जलाएको छ । अज्ञात समुहमा आएकाहरुले स्काभेटर जलाउदा करिब २० लाख रुपैया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
आगजनी स्थलमा समुहले आशय पत्र समेत छाडेर गएको पाइएको छ । पत्रमा दुइ बर्ष अघि समुहले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अबैध उत्खनन गरेको, समाजमा चरित्र हिन कार्य गरेको , पाटी बिरुद्ध सुराकी गरेको तथा सिधासाधा जनतालाई अनाबश्यक रुपमा दुख दिएको लखिएको छ । आगजनी गरेको आशंकामा ४८ बर्षिय राजाराम पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिगी “ आगजनी सम्बन्धी कसुर”मा मुद्धा दर्ता गराई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्