१२ श्रावण २०८१, शनिबार
Logo

बिकाश प्रेमी सांसद हित बहादुर तामाङ अब मन्त्री बन्नु पर्छ – सामाजिक संजाल प्रयोगकर्ताहरु

नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित संघिघ सांसद हित बहादुर तामाङ अब बन्ने मन्त्री मण्डलमा पर्नु पर्छ भन्दै नुवाकोटका युवाहरुले फेसबुक अभियान चलाएका छन् । नेकपा निकट युवाहरुले नुवाकोटको शान , बिश्वासका पात्र, शाहषी र बिकाश प्रेमी नेता अब बन्ने मन्त्री मण्डलमा पर्नु आबश्यक रहेको युवाहरुले बताएका छन् । नुवाकोटका बिद्यार्थी नेता बिनोद कोइरालाले सामाजिक संजालमा सुरु गरेको यो अभियान सिंगो नुवाकोटे जनताहरुको माग रहेको बताएका छन् । नुवाकोट रसुवाका युवाहरुले बिकाश प्रेमी नेता जनताका आशाका केन्द्र हित बहादुर तामाङलाई अबको मन्त्री मण्डलमा पर्ने गरी नेतृत्वले बिचार गर्नु पर्ने भन्दै सामाजिक संजाल मार्फत माग गरेका छन् । पाटी बिधि र बिधानमा अडिक संबृद्ध नुवाकोट निर्माणमा लागी परेका नेता अब मन्त्री बन्नु पर्ने अर्का बिद्यार्थी नेता राजेन्द्र पनेरुले बताए । नुवाकोटका लागी जनप्रिय नेता अबको मन्त्री मण्डलमा हुन आबश्यक रहेको सामाजिक संजाल प्रयोग कर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्