१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २६ हजार १९ पुग्यो ।

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २६ हजार नाघेकाे छ । गएको २४ घण्टामा थप चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको हाे ।

२४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरेकोमा चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा एक सय २४ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार दुईसय एक पुगेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा कोरोनाका कारण तीन जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या एक सय दुई पुगेको छ ।

अहिले नेपालमा आठ हजार एक सय ९३ जना सक्रिय सङ्क्रमित विभिन्न ठाउँको आइसोलेशनमा छन् भने १४ हजार चार सय ४८ जना क्वरेण्टीनमा रहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्