१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर नगरपालीकाले वडाका जोखिम युक्त ठाउका नागरिकहरुको पिसीआर परिक्षण गराउदै

बिदुर नगरपालीकाले आफ्ना सबै वडाका जोखिम युक्त ठाउका नागरिकहरुको पिसीआर परिक्षण गराउने भएको छ ।
श्रावण १७ गते देखी २५ गते सम्म सात दिनको अवधीमा ट्राभल्स हिस्ट्री भएका नागरिकहरुको कोरोना परिक्षण गरिने भएको हो । समुदाय स्तरमा कोरोना भाइरसको अबस्था के कस्तो छ भनेर स्थानियहरुको कोरोना परिक्षण गर्न लागीको वडा नं ४ का अध्यक्ष टलक मान श्रेष्ठले जानकारी दिनु भएको छ ।
बिदुर नगरपालीकाले सबै वडाहरुमा जोखिममा रहेका नागरिकहरुको खोज तलास गरि पिसिआर परिक्षण गराउन निर्देशन दिएको वडा नं १ का वडा अध्यक्ष लेलिन रंजितले जानकारी दिनु भयो । उहाँका अनुशार प्रत्येक वडामा १० जना भन्दा बढी
नागरिकहरुको पिसीआर माध्यमबाट कोरोना परिक्षण गरिने छ । हाल पिसीआर परिक्षण गराउनेहरुको नाम संकलन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्