१२ श्रावण २०८१, शनिबार
Logo

कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार देबचन्द्र भट्ट सम्मानित

उत्तरगया दैनिकको निरन्तरताको तेस्रो बर्ष प्रबेशको अवसरमा कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट मंगलबार बिदरमा एक कार्यक्रमका बिच पत्रकार देबचन्द्र भट्टलाई सम्मान गरिएको छ । उतरगया दैनिकका प्रकाशक शिव देबकोटाले आफ्ना स्वर्गीय आमा बुबाको नाममा स्थापना गरेको कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार भट्टलाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले २५ हजार पुरस्कार राशी र सम्मान पत्रद्वारा पत्रकार भट्टलाई सम्मान गर्नु भएको हो ।
त्यस्तै बर्षै भरीे उत्तरगया दैनिकलाई बिज्ञापन उपलब्ध गराउन उत्कृष्ठ बिज्ञापन दाताका रुपमा स्पीड अटो इन्टर प्राइजेजका बिरेन्द्रकुमार गोडीलाई सम्मानित गरिको छ ।

प्रतिक्रिया दिनुहोस्