१२ श्रावण २०८१, शनिबार
Logo

सोमबार नेपालमा थपिए १ सय ८६ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८६ जनामा कोरोना भाइरस (काभिड १९ ) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार आजैमात्र एक सय ८६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार आठ सय ६८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा एक सय ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएर घर फर्किइसकेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्