१२ श्रावण २०८१, शनिबार
Logo

नेपालका आठ जिल्ला कोरोना मुक्त

नेपालमा काेराेनामुक्त जिल्लाकाे सङ्ख्या आठ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका छैनन् । यी जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएर डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट निको भएका छन् । आजसम्म ११ हजार ६ सय ९५ जना निको भएर डिस्चार्ज भएको र यो कुल सङ्क्रमितको ६६ दशमलव २४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्