१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना कहर बढेर शैक्षिक बर्ष नै खेर जाने स्थिती भएमा क्वारेटिन शिक्षा संचालन गरिने योजना छ -प्रमुख प्रशासकिय अधिकृत पुडाशैनि

पन्चकन्या गाउँपालिकाले आफ्नो पालिका भित्रका प्राथमिक शिक्षकहरुलाई लक्षित गरी अन लाईनको माध्यामबाट ८ दिने शिक्षक तालिम शुरु गरेको छ ।
पन्चकन्या गाउँपालिकामा आधारभुत तथा माध्यामिक गरी २७ वटा बिद्यालयहरु रहेका छन् । यस बर्ष देखी नेपाल सरकारले कक्षा १ मा एकिकृत पाठयक्रम लागु गरेको तर कोरनाको कारण पठन पाठन शुरु हुन सकेको छैन । सरकारले बिद्यालयहरु संचालन गरे पछि शिक्षकहरु कक्षा कोठामा प्रबेश गरेर परिवर्तित पाठयक्रम अध्यापन गराउन कठिन हुने महसुस भै रहेको र लामो समय बिद्यालय बन्द तथा टोल शिक्षाको बिचमा शिक्षकको क्षमता बिकास गरी गुणस्तर सुदृढ गर्न गाउँपालिका लागि परेको छ । लामो समय देखी शिक्षा शाखा कर्मचारी बिहिन रहेको र हालै शिक्षा शाखामा कर्मचारी ब्यस्थापन भए पछि गाउँ पालिकाले शिक्षालाई नयाँ र बैज्ञानिक ढंगबाट अगि बढाउन खोजेकोले यस्ता गतिबिधिहरु शुरु गरिएको शिक्षा शाखा प्रमुख चक्र देव जोशीले बताउनु भयो ।
कक्षा १ मा जसरी एकिकृत पाठयक्रमले ब्यबहार अध्ययनलाई शिक्षाको जगबाट नै शुरु गर्न खोजेको छ , गाउँपालिकाले आधारभुत तहलाई शिक्षाको खम्बाको महसुस गरी उक्त खम्बालाई मजबुत बनाउन प्राथमिक तहबाटै सुधार गर्न खोजिएको गाउँपालिका अध्यक्ष, तेज बहादु तामांङ बताउनु हुन्छ । अध्यक्ष तामाङका अनुसार कोरना पछिको अबस्थामा सामुदायिक बिद्यालयमा भर्ना दर बढ्ने र निजी बिद्यालयको बिभिन्न बिकराल समस्यालाई अभिभाबकले झेल्न नसक्ने भएकोले पन्चकन्या गाउँपालिका सामुदायिक बिद्यालयलाई सबल गुणस्तर तथा सक्षम बनाउन चाहन्छ ।
कोरना कहर बढेर शैक्षिक बर्ष नै खेर जाने स्थिती भएमा कक्षा ९,१०, ११, १२ लाई बन्दा बन्दी शिक्षा –क्वारेटिन शिक्षा) संचालन गरिने योजना रहेको गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले बताउनु भयो । गाउँ पालिकाले कोरनाको कहरमा कृषी ब्यबसायलाई निति तथा कार्यक्रममा प्रमुख प्राथमिकतामा राखेको र यसलाई ब्यबहारमा कार्यान्वयन गर्न , कृषी सडक तथा सिंचाई, दक्ष कृषी जनशक्ति उत्पादनको लागि यस बर्ष देखी नै बाली बिज्ञान बिषयको कक्षा संचालन गरिन लागेको वडा नं १ का वडा अध्यक्ष श्री मणीनाथ लामिछानेले बताउनु भयो ।
शिक्षाको यस्तै योजनाहरुलाई मुर्त रुप दिन २७ वटै बिद्यालयबाट भाषा अध्यापन गराउने शिक्षकलाई सहभागी गराई तालिम संचालन गरिएको र तलिमको प्राबिधिक सहयोग रुम टु रिड द्धारा गरिएको छ । रुडेक नेपालद्धारा सहजीकरण गरिएको तालिम कार्यक्रम श्रावण ४ देखी ७ गते सम्म संचालन हुने पन्चकन्या गाउँपालिकाको शिक्षा अधिकृत श्री चक्रदेव जोशीले बताउनु भयो ।
तालिम कार्यक्रमको सहजीकरण रुम टुरिड बाट एक राज कोईराला, बटुराम भण्डारी, राजन सापकोटा, एल बि खड्का लगायत पाठ्यक्रम बिकास केन्द्रबाट समेत सहजीकरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्