१२ श्रावण २०८१, शनिबार
Logo

अबैध उत्खननका नाइकेलाई कारबाहि गर – नेकपा लिखु, भौतिक सम्पती आगजनी गर्नेलाई कारबाहि नगरे आन्दोलन गर्ने -तरुण दल लिखु ।

गत बुधबार राती लिखु गाउँपालिका वडा नंवर ४ चौघडामा स्थानिय र क्रशर संचालक बिच भएको झडपको बिषयलाई लिएर नेकपा लिखु र नेपाली काङ्ग्रेस को भात्रृ संगठन नेपाल तरुण दलले छुट्टाछुट्टै बिज्ञप्ती जारी घटनाको छानबिन गर्न आग्रह गरेका छन ।
नेकपा लिखुले नदीजन्य पदार्थ उत्खननको विरोधमा उत्रिएका स्थानीयमाथि धारीलो हतियार खुँडा प्रहार गर्ने क्रसर सञ्चालकहरुलाई कारबाहीको माग गरेको छ । भने लिखु तरुण दलले क्रशर संचालकको करोडौको स्काभेटर, टिफर, जेसिभी, र हाईलक्स गाडीमा क्षति पुराएको भन्दै कारबाहि गर्न माग गरेको छ ।
अध्यक्ष मेघनारायण श्रेष्ठ र सचिव विवेक ढकालले बिज्ञप्ती जारी गर्दै अवैध उत्खनन् र कानुनविपरीतका कार्य गर्ने अपराधिक समुहलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
त्यस्तै नेपाल तरुण दल नुवाकोट जिल्ला कार्यसमितीका सचिव सुबन गिरीद्वारा जारी बिज्ञप्तीमा अराजक ब्यक्तीहरुले कम्पनिमा क्षति पुर्याउने उदेश्यले स्काभेटर, जेसिभी, टिफर गाडी र हाईलक्स गाडिमा आगजनी गर्नेलाई कारबाहि नगरे आन्दोलन गर्ने बताइएको छ ।
बुधबार मध्य रातमा हेभी इक्युप्मेन्ट प्रयोग गरी नदी जन्य पदार्थ उत्खनन रोक्न खोज्ने २ स्थानिय युवामाथी क्रममा क्रशर संचालकले धारीलो हतियार प्रयोग गरि गम्भिर घाइते बनाएको स्थानियहरुको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्