१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

नेपाल भारतसंग बार्ता गर्ने तयारीमा

सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । 

ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिनुभएको छ । 

दुवै देशका सहसचिव रहने समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नुहुनेछ । वर्षाको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि पुनले निर्देशन दिनुभयो ।

यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लाको मन्त्रालय अन्तर्गतका निकायबाट सूचना सङ्कलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि मन्त्री पुनले निर्देशन दिनुभएको छ । 

Shivapuri rural municipality awareness message jalapanews

नियमित कार्यतालिकाअनुसार जेसीआईएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिनुभयो । छलफलमा सचिव श्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उपमहानिर्देशक प्रदीप थापालगायतले बाढी, पहिरो र डुबानको अवस्थाबारे मन्त्री पुनलाई जानकारी गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्