१२ श्रावण २०८१, शनिबार
Logo

क्षेत्रपाल क्रसर उद्योगका दुइ जना संचालक सन्तोष श्रेष्ठ र शैलेस श्रेष्ठ प्रहरी नियन्त्रणमा

धारिलो हतियार प्रयोग गरि स्थानिय युवालाई घाइते बनाएको आरोपमा क्षेत्रपाल क्रसर उद्योगका दुइ जना संचालक सन्तोष श्रेष्ठ र शैलेस श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरोपित २ जना फरार रहेको नुवाकोट प्रहरीले जनाएको छ । घाइते सन्तोष राई र अनिश राइको उपचार भैहरेको छ ।
बिहिबार क्रशर संचालकहरु सन्तोष श्रेष्ठ, शैलेस श्रेष्ठ, राज हेक्का र दिनेश कडेल गरी ४ जना बिरुद्ध स्थानियहरुले किटानी जाहेरी दिएका थिए । स्थानियका अनुसार बुधबार राती अबैध उत्खनन रोक्न जादा झडप हुदा २ जना स्थानिय माथी धारीलो हतियार प्रहार भएको थियो । क्षेत्रपाल क्रशर उद्योगले हेभि इकुइमेन्ट प्रयोग गरी खोलाबाट नदी जन्य पदार्थ उत्खनन गर्ने गरेको स्थानियले बताएका छन्् ।
असार १ गते बाट नदि जन्य पदार्थ उत्खननमा पुर्ण रुपले बन्देज गरे पनि तस्करहरुले जवरजस्ती र लुकिछिपी उत्खनन गरि रहेको लिखु गाउपालीकाका स्थानियहरुको भनाई रहेको छ ।
नुवाकोटमा नदी दोहन रोकिएन
नुवाकोटका बिभिन्न खोला तथा नदीहरुमा दोहन रोकिएको छैन । नुवाकोटको कोल्पुटार, रातमाटे, काशीटार, ढिकुरे लगायतका स्थानमा तस्करी भैरहेको छ त्रिशुली, तादी, लिखु ,कोल्पु लगायतका खोलामा हजारौको संख्यामा तस्करहरुले मजदुरहरु परिचालन गरी हजारौ टिफरमा नदि जन्य पदार्थ ओसारपसार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्