१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउँपालिकामा बाढीसँगै आएको लेदोले घरखेत पुरियो

बुधबार रातभरी परेको बर्षाका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–१ ढाँडाखर्कमा बाढीसँगै आएको लेदोले चार घर र खेत पुरिएको छ । लगातारको अविरल वर्षापछि डाँडाखर्क खोलामा आएको बाढीले डाँडाखर्कका चार घरमा पूर्णरुपमा क्षति पुगेको हो ।


बाढीसँगै आएको लेदो माटोले चारवटा घरमा क्षति पुर्याउनुको साथै पाँचसय मुरी भन्दाबढी धानफल्ने खेत समेत पुरेको तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिनुभयो । बाटो अवरुद्ध भएका कारण उद्धारमा केही समस्या भएपनि उद्धारका लागि स्थानीयबासी र सुरक्षाकर्मी परिचालन गरिसकेको उहाँले जानकारी दिनुभयो । खोलामा आएको बाढीले कलभर्ड बगाउदा आवातजावतमा समेत समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्