६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

बिदुर नगरपालीकाले गरिमा धानको बिउको राहात बितरणमा ढिलाई गर्दा कृषक मर्कामा

बिदुर नगरपालीकाले गरिमा धानको बिउको राहात बितरणमा ढिलाई गर्दा कृषकहरु मर्कामा परेका छन् ।
गत बर्ष बर्खेधान लगाएर भकारी भर्ने आशामा गरिमा धान रोपेका कृषकको धानको बाला नै लागेन । भकारी भर्नेत परैको कुरा अनिकालले समेत सताउन थालेको कृषक केशर बहादुर तामाङ बताउनु हुन्छ । बाली भित्र्याउला र बर्ष भरी परिवारले खान पाउलान् भन्ने कृषकको आशा केही महिना मै निराशा भयो ।
बिदुर नगरपालीका वडा नं १० चिण्डेका ५८ बर्षिय कृषक केशर बहादुर तामाङले गत बर्ष गरिमा धानको बिउ खेतमा रोप्नु भएको थियो । ३० मुरी भन्दा बढी उत्पादन दिने उहाको खेतमा धानको बाला नै लागेन । उहा बिदुर नगरपालीकाले कहिले आफ्नो दुख बुज्ला र क्षतिपुर्ती देला भन्ने आशामा हुनुहुन्छ ।
सरकारले गरिमा धान रोपेका कृषकहरुलाई धान उत्पादनमा क्षति भए पछि राहात उपलब्ध गराउने निर्णय गरेको थियो ।
अहिले स्थानिय निकायको खातामा उक्त रकम आइसकेको छ । तर बितरणमा ढिलाई हुदा कृषकहरु मर्कामा परेका छन् ।
बिदुर नगरपालीका कृषी शाखाको अनुसार रकम खातामा आइसकेको छ । जति सक्दो छिटो बितरण गरिने कृषी शाखाले जनाएको छ । कृषकहरु भने लामो समय सम्म नगरपालीकाले समस्या नबुज्दा मर्कामा परेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्