२१ भाद्र २०८३, आईतवार
Logo

नुवाकोटका १२ स्थानिय तहको बजेट ६ अर्ब सात करोड ९० लाख

नुवाकोटका १० गाउपालीका र २ नगरपालीकाले आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब सात करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेका छन् । बिदुर नगरपालीका, तारकेश्वर गाउपालीका र शिवपुरी गाउपालीकाले बहुमतका आधारमा निती तथा कार्यक्रम प्रस्तुत गरेको छन् भने बाकी पालिकाहरुले सर्वसम्मत रुपमा बजेट प्रस्तुत गरेको छन् ।


सबै स्थानिय तहहरुले आफ आफ्नो भुगोल सुहाउदो बजेट प्रस्तुत गरेको दावी गरिरहेका छन् । यो पालिको बजेटमा कृषि, स्वास्थ्य र शिक्षा मुख्य प्राथमिकतामा परेको छ । पालिकाहरुका अनुसार बजेटले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ ।


बेलकोटगढी नगरपालिकाले ९९ करोड ९३ लाख रुपैयाँको बजेट पेश भएको छ , भने ककनी गाउँपालिकाले रु ४३ करोड, दुप्चेश्वर गाउँपालिकाले रु ४१ करोड, शिवपुरी गाउँपालिकाले रु ४९ करोड २५ लाख, पञ्चकन्या गाउँपालिकाले रु ४० करोड ९३ लाख, सूर्यगढी गाउँपालिकाले ३८ करोड १२ लाख, तादी गाउँपालिकाले रु ३६ करोड १९ लाख, किस्पाङ गाउँपालिकाले ४० करोड दुई लाख, तारकेश्वर गाउँपालिकाले ३९ करोड ६८ लाख , लिखु गाउपालीकाले रु ३७ करोड ७८ लाख, रुपैयाँ बराबरको निती तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
त्यस्तै नुवाकोटमा कम बजेट म्यागङ गाउँपालिकाको बजेट ३४ करोड र बसै भन्दा बढी बिदुर नगरपालीकाले रु एक अर्ब आठ करोडको बजेट पेश भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्