१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

त्रिशुली अस्पतालमा भेन्टिलेटर सहितको युनिभर्सल एनेस्थेसिया ,जटिल बिरामीको उपचार गर्न सकिने

निक साइमन्स फाउण्डेसन मार्फत त्रिशुली अस्पताललाई प्राप्त एक थान भेन्टिलेटर सहितको युनिभर्सल एनेस्थेसिया हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच ३ करोड बराबरको युनिभर्सल एनेस्थेसिया मेसिन बागमती प्रदेश सांसद तथा नेकपाका मुख्य सचेतक केशब पाण्डेले त्रिशुली अस्पताल लाई हस्तान्तरण गर्नु भएको हो ।


जटिल प्रकारका बिरामी अब काठमाडौ रिफर गर्न नपर्ने र नुवाकोटमा उपचार गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ । जोखिम मोलेर गर्नु पर्ने अप्रेसनको लागी यसले शहज बातावरण सुजना गर्ने छ । उक्त उपकरणबाट अब नुवाकोटमा अक्सिजन बिना नै जटिल खालका शल्यक्रिया गर्न सकिने छ ।
बागमती प्रदेश सांसद पाण्डेले त्रिशुली अस्पताललाई बाग्मती प्रदेशको निति तथा कार्यक्रमले नै सम्बोधन गर्दै १ सय शैयामा बिस्तार गरि प्रदेशकै नमुना अस्पताल बनाउने बताउनु भएको छ ।
त्यस्तै प्रदेश सांसद बद्रि मैनालीले त्रिदेशिय मार्गको बिचमा रहेको अस्पतालको बिकाश र सेवा बिस्तार गर्नुको बिकल्प नरेको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख संजु पंडितले दक्ष ब्यक्ती , आबश्यक उपकरणको ब्याबस्था गरि गुणस्तरिय सेवा प्रवाह गर्दा सिंगो नुवाकोट जिल्ला लाभान्वित हुने बताउनु भयो ।
अस्पताल ब्याबस्थापन समितीका अध्यक्ष अर्जुन न्यौपानेले उच्चस्तरिय उपकरण प्राप्तिले नुवाकोट ,रसुवा र धादिङका नागरिकहरुको जिबन रक्षामा सहयोग पुग्ने बिश्वाश ब्याक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्