२६ माघ २०८१, शनिबार
Logo

ककनी गाउँपालिकाद्धारा मिनिटिलर्स वितरण

ककनी गाउपालीकाले कृषकहरुको लागी मिनीटिलर्स हस्तान्तरण गरेको छ ।
गाउपालीकाले आइतबार ८ वटै वडाका ४० जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर्स बितरण गरेको गाउपालीकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनु भएको छ ।
त्यस्तै पालिकाले बाख्रा पालक कृषकहरुको लागी बोयर जातका बाका समेत शत प्रतिशत अनुदानमा उपलब्ध गराएको अध्यक्ष लामाले जानकारी दिनु भयो ।

अब केहि दिनमा नै गाउपालीकाले तरकारी उत्पादन कृषकको मागलाई ध्यानमा राखी ५० प्रतिशत अनुदानमा टनेल बितरण गर्न लागेको उपाध्यक्ष सिता खतिवडा लामाले बताउनु भएको छ । उपाध्यक्ष खतिवडा लामाका अनुसार कृषकहरुले टनेल तयार गरिसके पछि त्यसको अनुगनम पश्चात अनुदानको रकम हस्तान्तरण हुनेछ । टनेल ६ मिटर चौडाइ र १२ मिटर लम्बाइको हुनुपर्ने बताइएको छ ।
कृषकहरुको उत्पादनमा जोड दिदै यस अघि गाउपालीकाले धानकोे बिउ , मकैको बिउ तथा तरकारी उत्पादक कृषकहरुको लागी तरकारीको बिउ समेत निशुल्क बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्