१२ श्रावण २०८१, शनिबार
Logo

नेपालको भूगोलमा लिपुलेक, लिम्पियाधुरा र कालापानी,खुसीयाली मनाउदै बिदुरमा दीप प्रज्ज्वलन

नुवाकोटका युवाहरुले संशोधित नक्सा बनाएर दीप प्रज्जवलन गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकले संबिधान संशोधन प्रस्ताव पारित गरेसंगै खुशीयाली मनाउदै दिप प्रज्वलन गरेको हो ।
युवा जमातले राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्यायो, प्रधानमन्त्री केपी ओलीलाई काम गर्न देउ , प्रधानमन्त्री केपी ओली जिन्दाबाद, भारतीय बिस्तारबाद मुर्दाबाद जस्ता नाराहरु लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

नेपालको संविधान (दोस्रो संशोधन ) विधेयक २०७७ लाइ संघिय संसदमा उपस्थित २५८ जना संघीय सांसद तथा प्रतिनिधि सभा सदस्यहरुले सर्वसम्मतिले पारित गरेको हो ।
लिम्पियाधुरा , कालापानी र लिपुलेकलाई समेटेर नेपालको नक्सा अध्यावधिक गरिएको उक्त विधेयक सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी पार्टी , राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका बीच राष्ट्रिय सहमति कायम गरि पारित गरिएको हो ।
यो राष्ट्रिय एकताले बिगतमा गुमेका उक्त भूमि फिर्ता लिनको लागि भारत सरकारसंग कुटनैतिक वार्ताको प्रक्रिया अगाडि बढाउन कानुनी र नैतिक आधार तयार भएको नेपाल सरकारको बिश्वाश छ ।

प्रतिक्रिया दिनुहोस्