बिद्यार्थीलाई घर आँगन मै पढाउदै चन्द्रज्योती माध्यामिक बिद्यालय
लकडाउनका कारण लामो समयदेखि पठनपाठन बन्द छ । विद्यालय कहिलेबाट सञ्चालन हुने भन्ने विषयमा सरकार नै अन्यौलमा छ । यस्तो अवस्थामा आफ्नै पहलमा विद्यालय र शिक्षकहरुले केही नमूना काम गरिरहेको छ । यस्तै नमूना कार्य अन्र्तगत विदुर नगरपालिका वडा नं. ५ तल्लो पिपल्टारमा रहेको चन्द्रज्योती माविले घरघरै गएर विद्यार्थीलाई पढाउन र पुर्नताजगी गर्न थालेको छ ।
कोरोना भाइरसको नियन्त्रको लागी गरिएको लक डाउनको साढे दुई महिना बितिसकेको छ । लक डाउनले पठन पाठन प्रभाबित भएसंगै विद्यालय आफैले पढाईका लागि बैकल्पिक बाटो खोज्न थालेको छ ।
बिदुर नगरपालिका वडा नं ५ तल्लो पिपल्टारमा रहेको चन्द्रज्योती माबिले विद्यार्थीहरुलाई किताव वितरण मात्रै गरेको छैन टोलटोलमा विद्यार्थी जम्मा पारेर मनोपरामर्श सुरु गरेको छ । घरघरमै पुगेको विद्यार्थीको अवस्था बुझ्ने, पठनपाठन गर्ने काम सुरु भएको प्रधानाध्यापक मोतिराम न्यौपानेले बताउनुभयो । यसबाट पिडा भुल्नका लागि र पठनपाठनमा ध्यान लानका लागि सहयोग मिलेको उहाँले बताउनुभयो ।
अहिले पालैपालो शिक्षक टोल टोलमा पुगेर बिद्यार्थीक्को कुरा सुनिरहनुभएको छ । अनि बालबालिकाहरुलाई कथा, कबिता, निबन्ध लेख्न सिकाउने, चित्रकला बनाउन लगाउने र पुरस्कार दिने गरिएको छ । पाँच दिनदेखि जारी रहेको यो अभियान २९ सम्म सञ्चालन हुनेछ । त्यस पछि कोरोना भाइरसको अबस्था, लकडाउनको अबस्था र अभिभाबकको प्रतिक्रृयाका अनुसार पुन थप गर्ने बताइएको छ । यो अभियानमा कक्षा नर्सरी देखी १० कक्षा सम्मका बिद्यार्थीहरु सहभागी छन् । ३ सय ५९ बिद्यार्थीहरुलाई बिद्यालयले ५ समुहमा बाडेर परामर्श दिएको छ । फेरि प्रधानाध्यापक मोतिराम न्यौपाने ।
यो अभियानमा नलगाउ जिलिङ, लगायतका दुरीगत हिसाबले टाढा रहेकाहरुलाई भने समेटिएको छैन । बिद्यालयले बिहान बेलुकाको समयमा यो कक्षा सञ्चालन गरिरहेको छ । दिनभरि टोलमा खेलिरहका बिद्यार्थीहरुलाई सृजनात्मक पठन पाठनमा लगाउन बिद्यालयले यसो गरेको हो ।
प्रतिक्रिया दिनुहोस्