१२ श्रावण २०८१, शनिबार
Logo

घर फर्की आउ, करोडौं नेपाली पर्खाइमा छन्

प्रीय नेता बाबुराम भट्टराई
कमरेड लाल ध्वज सलाम
तत्कालीन माओवादी कमान्डर कुशल संगठक जुझारु नेता अर्थमन्त्री र प्रधानमन्त्री जिम्मेवार सम्हालिसक्नु भएको डा. बाबुराम भट्टराई कमरेड लालध्वज ज्यु केही बर्ष देखि घरायसी सानोतिनो समस्य देखिए पछि घर नै छाडेर नयाँ घर निर्माणमा केही बन्धु लिगेर छुट्टिनु भयो घरनिर्माणमा तिब्र गतिमा लागेका बाबुराम लाई सहयोग गर्न गएका केहि दाजुभाइले त छोडे तर बन्दा बन्दै त्यो घर राम्रै जगबशालेका रहेनछन् एक्कासि भुकम्प आएर घर टुक्राटुक्रा पर्यो फेरि उपेन्द्र यादव सङ्ग पाटनर सिपमा अर्को समाजबादि भन्ने घरको जग हाल्न थाले पक्का र मजबुत बनाउने लक्ष लिगेर अगाडि बडे २ मिस्री गाह्रो लगाउदै जादा फेरि केहि अभाबले खड्किएका कारण तपाई र उपेन्द्र यादवको सहमति र पहलमा सबै मदेशी दलका नेताहरुलाइ लिगेर घर होइन हाउजिङ ठूलो महल बनाउने लक्ष लिगेर हिड्नु भएको रहेछ तपाई पार्टी गत रुपमा माइला रहे पनि सबै महत्त्वपूर्ण कुरामा अग्रस्थानमा हुनुहुन्थ्यो अहिले निर्वाचन आयोगमा तपाइको नाम दोस्रोमा टिपेक्स लगाएर पाँचौ मा झारेर दर्ता गराएछ । तपाईं आफ्नो पुर्ख्यौली राजनैतिक जन्मथलो किन छोड्नु भयो किन जानू भयो आफ्नो जन्मघर छोडेर भनेर सोध्दिन तर तपाइले निर्माण गर्नु भएको घर त भत्कियो अहिले ठूलो महल ठड्याउछु भनेर लाग्नु भएको छ त्यो पनि सफल होला भन्न सकिन्न प्रीय लालध्वज तपालाइ सुहाउने तपाइँको कार्यसैली र क्षमता कुलाको पानीले घट्ट घुमाउने होइन समुन्द्रको पानीलाइ नहर बाध बनाइ हजारौं मेगावाट बिजुली उत्पादन गर्नेहो तपाई बिचलित न हुनुहोस् तपाईंको प्रतीक्षामा तपाइको सहकर्मी तपाइको सुभचिन्तक बसिरहेका छन् स्वागत गर्न ।
बाकी रहेका क्रान्तिका भार पूरा गर्नको निमित्त तपाइकै आवश्यकता र अभावमा हजारौं नेताकार्यकर्ता र करोडौं नेपाली जनता पर्खाइमा छन् ।उहीँ तपाईंको सुभचिन्तक “

निवेदक:
बिनोद कोइराला
कम्युनिस्ट कार्यकर्ता नुवाकोट

प्रतिक्रिया दिनुहोस्