२२ मंसिर २०८१, शनिबार
Logo

नेकपा नुवाकोटले स्व.कमरेड अर्जुन बहादुर भण्डारीलाई यसरी सम्झियो

स्वर्गिय नेता अर्जुन बहादुर भण्डारी को १३ औ पुण्य तिथीको दिन शनिबार नेकपा नुवाकोटले श्रद्धांजली सभा सम्पन्न गरेको छ । नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले स्वर्गिय नेता भण्डारीले कम्युनिष्ट आन्दोलनमा गर्नु भएको त्याग र बलिदानको कदर योग्य रहेको बताउनु भयो । उहाको कम्युनिष्ट आन्दोलन नुवाकोट रसुवाले जिबन्त सम्झनामा राख्दै उहाका अधुरा चाहाना पुरा गर्न सिंगो नुवाकोट रसुवाको कंम्युनिष्ट शक्ति लाग्नु र्पो बताउनु भयो ।

नेकपा नुवाकोटले स्व.कमरेड अर्जुन बहादुर भण्डारीलाई यसरी सम्झियो ।


वुवा हेमबहादुर भण्डारी र आमा पदमकुमारी भण्डारीका माइला छोरा स्व.अर्जुन बहादुर भण्डारीको जन्म वि.सं. २०१० साल फाल्गुण ६ गते हालको विदुर नगरपालिका वडा नं. ९ आँगापुटार, नुवाकोटमा भएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएका अर्जुन बहादुर भण्डारीको वाल्यकाल रामै संग बित्यो । शैक्षिक जागरण आइरहेको त्यस बेला उहाँको प्राथमिक तहको शिक्षा आफ्नै छिमेकको विद्यालय हालको श्री सुलक्षण माध्यमिक विद्यालय, विदुर ९, आँगापुटारमा भएको हो, भने माध्यामिकतहको अध्ययन श्री त्रिभूवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुलीमा भयो । उच्च शिक्षातर्फ आई.कम वि.कम.सरस्वती बहुमुखी कलेज, काठमाण्डौमा भयो,भने वी.एड. को अध्ययन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भयो ।
उहाँको ३ भाइ र २ दिदीवहिनी हुनुहुन्छ । दाजु अमृत बहादुर भण्डारी र भाइ रामराजा भण्डारी हो भने दिदीकेदार कुुमारी पाण्डे र बहिनी मैया थापा हुनुहुन्छ । २०३४ सालमा निर्मला भण्डारी संग उहाँको विवाह भएको हो । उहाँको २ छोरा अन्जल र राजु हुनुहुन्छ ,भने २ छोरीहरु अन्जना र उषा हुन् ।
कमरेड अर्जुन बहादुर भण्डारी २०३८ सालमा गठित नेपाल कम्युनिष्ट पार्टी (चौम) का संस्थापक हुनुहुन्थ्यो । त्यसपछि नेकपा (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) का जिल्ला, अञ्चल र प्रदेश स्तरका विभिन्न जिम्मेवारीमा रहनु भएको थियो । पछिल्लो अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रस्तावित जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रका सदस्य हुनुहुन्थ्यो । कुनै आश र त्रासमा नफसेका अडिक खम्वा क. भण्डारी हामी सवैका लागि एक सच्चा र आदर्श क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो ।
विद्यार्थी काल देखि नै क्रान्तिकारी स्वभावका भण्डारी शिक्षण पेशामा रहँदा कम्युनिष्ट शिक्षकको परिचय बनाइ सक्नु भएको थियो । निरंकुश पंचायती शासकले २०२८ सालमा नयाँशिक्षा आन्दोलनमा ३३ दिन, २०४१ सालमा मित्रमणि आचार्य हत्याको विरुद्धको प्रदर्शनमा नेपाल ल क्याम्पसबाट पक्राउ परी ३१ दिन र २०४२ साल असारमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको समुहले गराएको वम काण्डको बहानामा गरी १ वर्ष जेल तथा हिरासतमा राखेको थियो । २०४२ सालमा उक्त वम काण्डमा पक्राउ गरी चरम यातना दिइएको थियो । जसको असर पछिसम्म पनि परिरहेको थियो ।

पंचायती निरंकुशताको चरम दमन तथा अत्याचारका कारण प्रगतिशिल शिक्षकहरुलाई छानी–छानी निष्काशनगर्ने क्रममा नि.मा.शि. स्थायी शिक्षक क.भण्डारीलाई २०४१ सालमा कालिका हिमालयमा.वि., कालिकास्थान रसुवाबाट निष्काशन समेत गरियो । २०४६ सालको परिवर्तन पश्चात अदालतद्धारा पद वहाली हुनु भएका अर्जुन बहादुर भण्डारी २०५२ सालमा नि.मा.शि.शिक्षक पदबाट राजिनामा गरी गणतन्त्र प्राप्तीको आन्दोलनमा होमिनु भएको थियो । क.अर्जुन बहादुर भण्डारी जस्ता क्रान्तिकारी नेताहरुको त्याग र निष्ठाको जागरणले नेपालमा हाल प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्