१२ श्रावण २०८१, शनिबार
Logo

शुक्रबार थप दुई सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि,

नेपालमा शुक्रबार थप दुई सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका दुई सय ७८ जनामा सङ्क्रमण देखिएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या दुई हजार नाै सय १२ पुगेकाे छ । 

आज थपिएका सङ्क्रमितमा ८ महिने बालक पनि रहेका छन् । आज थपिएका कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् । 

सङ्क्रमितमध्ये निकाे भएर घर फर्किनेकाे सङ्ख्या तीन सय ३३ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुुगेकाे छ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्