१२ श्रावण २०८१, शनिबार
Logo

लबले–नहरबस्ती बगरबजार २ किमी कृषि सडक सञ्चालनमा

लिखु गाँउपालिका वडा नं २ को लबले–नहरबस्ती बगरबजार २ किमी कृषि सडक बिहीवारदेखि सञ्चालनमा आएको छ ।
कृषी सडकको निर्माण सम्पन्न सगै स्थानिय हर्षित भएका छन् । कृषकहरुको कृषी उत्पादन धान, तरकारी बाली र अन्य अन्नपात सजिलै सङ्ग घर तथा जिल्लाका मुख्य बजार पु¥याउन सजिलो हुने भएकोले आफुहरू उत्साहित रहेको स्थानिय गणेश ढकाल ले बताउनु भयो ।
लिखु गाँउपालिकाको रु ५लाख र जनश्रमदानको रु. ७६ हजार बराबरको सहयोग बाट कृषि सडक निर्माण भएको समितिका अध्यक्ष बिश्वराज ढकालले बताउनु भयो ।
गाँउपालिका र स्थानियको अनुदान सहयोगमा र उपभोक्ता समितिको अगुवाइमा बनेको लबले– नहरबस्ती बगरबजार कृषि सडक बनेपछि विहीबार नै दुई र ४ पांग्रे गाडी संचालन सुरु भएको स्थानिय युवा अशोक ढकालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्