१२ श्रावण २०८१, शनिबार
Logo

म्यागङ गाउपालीकाका २ जनामा कोरोना संक्रमण पुष्टी

नुवाकोटका २ जना नागरिकमा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट सुनौली नाका हुँदै यही जेठ १४ गते म्यागङ आएका २ जना युवामा कोरोना पुष्टी भएको हो ।


म्यागङ गाउपालीका वडा नं ५ का १८ वर्षका र ३२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ । ग्रामसेवा माविको क्वारेन्टाइनमा बसेको ३५ जना मध्ये ८ जनाको पिसिआर जाँच गर्दा २ जनालाइ कोरोना पोजेटिभ देखिए पछि त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यस अघि ककनी गाउपालीका वडा नं ३ का ३९ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएकोमा हाल निको भएर फर्की सकेका छन् । यो सँगै नुवाकोटमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्