१२ श्रावण २०८१, शनिबार
Logo

रुकुम पश्चिम घटना छानबिनको माग गर्दै नुवाकोटमा प्रदर्शन

रुकुम पश्चिमको चौरहेजाहारीमा भएको घटनाको बिरोधमा नुवाकोटमा कारबाहीको माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।
आइतबार विभिन्न दलित संघ संघठन तथा नागरिक समाजहरुले घटनाकोे सत्यतथ्य छानबिन र हत्यारालाई कडा सजाय हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
बिरोध र्यालीमा जातीय हत्या हिंसा बन्द गर, हत्यारालाई फँसी दे, छुवाछूत अपराध हो, दलित एकता जिन्दावाद, छुवाछूतको अत्य गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नारावाजी गरेक थिए ।
बिभिन्न दलित सघं संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत कारबाहीको माग राख्दै सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्