३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

एक हजार भारतीय नागरिक घरतर्फ लागे

जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमानाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमानाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन ।

भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमानाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयले उपलब्ध गराएको विवरणानुसार आइतबार १०७, शनिबार २६२, शुक्रबार १७८, मङ्गलबार ८६, बुधबार २५४ र बिहीबार १७१ भारतीय नागरिक सीमानाका हुँदै घर गएका हुन् ।

pratik books stationery
trishuli web design in nuwakot

सीमानाकामै स्वास्थ्य जाँच गरी भारतीय नागरिकहरुलाई भारततर्फ पठाइएको हो । भारत जाने नागरिकमा पुरुष, महिला र बालबालिका रहेका छन् । 

यसैगरी सीमानाका भएर पछिल्लो सात दिनको अवधिमा भारतबाट झण्डै १७ नेपाली फर्केका छन । आइतबार तीन हजार ५८, शनिवार तीन हजार ७५२, शुक्रबार दुई हजार ७७८, बिहीबार दुई हजार ४०५, बुधबार एक हजार ५८६, मङ्गलबार ६९० र सोमबार दुई हजार ६३७ नेपाली भारतबाट पश्चिमी सीमानाका गड्डाचौकी हुँदै घर फर्केका छन् ।

व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फाराम भर्ने, तापक्रम नाप्नेलगायतका कार्य गरी भारतबाट आएका नेपाली नागरिकलाई सीमानाका प्रवेश गराइएको हो । सीमानाका प्रवेश गराइएकालाई खाना नास्ताको व्यवस्था गरिएको थियो । उनीहरूलार्ई सामाजिक दूरी कायम गर्न लगाई ट्रान्जिट क्याम्पमा राखेर सम्बन्धित जिल्लाका स्थानीय तहका क्वान्रेन्टिनमा पठाउन यातायातका साधनको व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्