४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

पंचकन्या गाउपालीकाले कृषकको माग अनुसारकै धानको बिउ अनुदानमा ब्याबस्था गर्ने

पंचकन्या गाउपालीकाले आफ्ना पालीका भरीका कृषकहरुलाई २५ प्रतिशत अनुदानमा धान उपलब्ध गराउने भएको छ ।
आफ्ना पालीका भित्र रहेका धान उत्पादक कृषकहरुलाइ आबश्यक जुन सकै जातको धानको बिउ उपलब्ध गराउन गाउपालीका तयार रहेको अध्यक्ष तेज बहादुर तामाङ रमेशले जानकारी दिनु भयो ।
अध्यक्ष तामाङले आफुलाई आबश्यक पर्ने धानको जातको नाम र परिमाणको बिषयमा निबेदन दिन आग्रह गर्नु भएको छ । धानको बिउ २५ प्रतिशत अनुदानमा लिन चाहने कृषकले सम्बन्धीत वडा कार्यलय तथा गाउपालीकामा जानकारी गराउन सकिने बताइएको छ ।
लकडाउनको समयमा धानको बिउ खरिदमा उत्पन्न हुने समस्यालाई ध्यानमा राखेर सो निर्णय गरेको गाउपालीकाले जनाएको छ ।
पालीकाको यो निणर्य सगै कृषकहरुमा धानको बिउ नपाईने चिन्ता भने कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्