क्रियटिभ बहुद्देशिय सहकारी सस्थाद्धारा बिदुर नगरपालीकाको राहत कोषमा ४० हजार रुपैया हस्तान्तरण

क्रियटीभ बहुद्देशिय सहकारी सस्थाले बिदुर नगरपालिकाको दैवि बिपत उद्धार राहत कोषमा ४० हजार रुपैया हस्तान्तरण गरेको छ ।
सामबार संस्थाका अध्यक्ष मोतीराम न्यौपानेले नगरपालिकाका मेयर सन्जु पण्डितलाई संस्थाका पदाधिकारी तथा संचालकहरुको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको छ । कोरोना भाईरस (कोभिड १९) को महामारी नियन्त्रण तथा रोकथामको लागि उक्त रकम हस्तान्तरण गरिएको सस्थाले जनाएको छ ।
अध्यक्ष न्यौपानेले आफ्नो सस्थाले प्रदान गरेको रकम सदुपयोग हुने गरि प्रयोग गर्न आग्रह गर्नु भएको छ । नगर प्रमुख पण्डितले बिपदको अवस्थामा बिदुर नगरपालिकाको राहत कोषमा प्रदान गरेको रकम आबश्यक औषधी उपचार तथा निम्न बर्गका जनतालाई खाद्यन्न सहयोग गर्ने बताउनु भयो ।
सहकारी संस्थाबाट ऋण कारोवार गरिरहेका शेयर सदस्यहरुलाई लकडाउन अवधिभर बुझाउन बाकी ऋण रहेमा त्यसमा कुनै हर्जाना नलाग्ने अध्यक्ष न्यौपानेले बताउानु भयो ।
संस्थाले स्थापनाकाल देखी नै जिल्लाका बिभिन्न स्वास्थ्य, शैक्षिक, खेलकुद, सामाजिक तथा धार्मिक क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरिरहेको संस्थाकाले जानकारी दिएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष नरेन्द्र प्रधान , सचिव अम्बिका राज भण्डारी,कोषाध्यक्ष सुन्दर दुवाल , सदस्य केदार श्रेष्ठ , ऋण समिती सदस्य मनिस राजभण्डारी लगाएतको उपस्थीती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्