१२ श्रावण २०८१, शनिबार
Logo

साझा पार्टी नुवाकोटद्धारा प्रहरीलाई पन्जा हस्तान्तरण

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्धेश्य सहित साझा पार्टी नुवाकोटले प्रहरीलाई पन्जा वितरण गरेको छ ।
सुरक्षामा खटिएका नेपाल प्रहरी तथा शशस्त्र प्रहरीको लागी पंजा बितरण गरिएको साझा पाटीका जिल्ला संयोजक दामोदर नेपालले जानकारी दिनु भयो ।
संयोजक नेपाल, पुर्णमान श्रेष्ठ, कृष्ण बहादुर खड्का, प्रेम वस्ती, पुर्णलाल श्रेष्ठ, बद्रिलाल चित्रकारको टोलीले प्रहरी कार्यलय मै पुगेर प्रहरी प्रमुख अविनारायण काफ्ले र सशस्त्र प्रहरी गुल्म १९ का जनक सापकोटालाई उक्त पंजा हस्तान्तरण गर्नु भएको छ ।


साझा पार्टी नुवाकोटले २० बाक्सा पंजा जिल्ला प्रहरी कार्यालय नुवाकोट सहित सशस्त्र प्रहरी गुल्म नम्बर १९, तारुका प्रहरी चौकी , देविघाट प्रहरी चौकीलाई प्रदान गरेको साझापाटी नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्