१२ श्रावण २०८१, शनिबार
Logo

घोरल प्रकरण -घोरल भाग्यो -बन , फलामे खोरबाट भागेन काटेरै खायौ – स्थानिय

डिभिजन बन कार्यलय नुवाकोटमा खोरमा बाधेर राखेको घोरल बेपत्ता भए सगै नागरिकहरुमा बनकार्यलयकै कर्मचारीले काटेर खाएको शंका उत्पन्न भएको छ । तर बन कार्यलयलले घोरल भागेको दावी गरेको छ ।
कार्यलयले शुक्रबार पत्रकार सम्मेलन गरि घोरल भागेको स्पस्टिकरण दिएको छ ।
कार्यलयको परिसरमा फलामको खोर भित्र रहेको घोरल खोर फुटाएर भागेको डिभिजन बन अधिकृत जय मंगल प्रसादले बताए ।
त्यस्तै डिभिजन बन कार्यलय नुवाकोटका सुचना अधिकारी लोकनाथ न्यौपानेले रातको करिब १० बजे तिर घोरल भागे पछि बनका कर्मचारी र नुवाकोट प्रहरी मिलेर खोज्दा नभेटिएको बताए ।
पंचकन्या गाउपालीका वडा नं ५ का नागरिकहरुले भने आफुहरुले बुझाएको घोरल काटेर खाएको बताउदै आइरहेका छन् । घाइते घोरल फलामको खोरमा बाधेर राखेकाले भाग्नै नसक्ने स्थानिय रामचन्द्र पाठकको भनाई छ ।
त्यस्तै बन कार्यलयको फलामे खोरमा बाधेर राखेको घाइते घोरल खोर फुटाएर भागेको कुरा हाँस्यस्पद रहेको सामाजिक संजाल प्रयोककर्ताहरुले बताएका छन् । यति खेर सामाजिक प्रयोग कर्ताहरुले डिभिजन बन कार्यलय नुवाकोटको चर्को आलोचना ब्यंग्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्