१२ श्रावण २०८१, शनिबार
Logo

बिहीबार लकडाउनको अबज्ञा गर्ने ७३ नागरिक र २१ सवारी साधन प्रहरी कार्बाहीमा

नुवाकोटमा लकडाउन उल्लंघनका घटना बढ्दो छ ।
नेपाल सरकारले गरेको लक डाउन तथा नुवाकोट जिल्ला प्रशासनको अबज्ञा गर्नेलाई नुवाकोट प्रहरीले केही समय होल्ड गरी बर्तमान माहामारीको अबस्थाको बिषयमा सम्झाई बुझाई छाडेको नुवाकोट प्रहरीले जनाएको छ ।
नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेका अनुसार बिहिबार मात्र बिना काममा बाहिर निस्केका २३ जना महिला तथा ५० जना पुरुषलाई प्रहरीले होल्ड गरि छाडेको हो ।
त्यस्तै बिहिबार नै लकडाउनको अबज्ञा गर्दै संचालन गरिएका २० ओटा मोटर साइकल तथा एउटा बोलेरोलाई आबश्यक कारबाहीको लागी नियन्त्रणमा लिइएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्