आइतबार लक डाउनको अबज्ञा गर्ने ११५ जनालाई नुवाकोट प्रहरीद्धारा होल्ड गरि सम्झाई बुझाई छाडियो
लक डाउनको अबज्ञा गर्ने ११५ जनालाई नुवाकोट प्रहरीले आइतबार केही समय होल्ड गरि सम्झाई बुझाई छाडेको छ ।
नेपाल सरकारले जारी गरेको लकडाउन र नुवाकोट जिल्ला प्रशासनको निशेधाज्ञा उल्लंघन गर्ने ९० जना पुरुष र २५ जना महिलालाई कोरोना सचेतना सम्बन्धी जानकारी गराई छाडेको नुवाकोट प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिनु भएको छ ।
त्यस्तै लकडाउनको समयमा बिना काम चलाइएको ३ वटा मोटर साइकल समेत नियन्त्रणमा लिगेको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्