१२ श्रावण २०८१, शनिबार
Logo

नेकपाका युवानेताहरुद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नुवाकोटको सुर्यगढी गाउपालीकालाई नेकपाका युवानेताहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्ला सचिबालय सदस्य पुर्णलाल श्रेष्ठ, सचिवालय सदस्य शान्ता थापा अधिकारी, जिल्ला सदस्यहरु केसर सेन्चुरि, प्रदिप पसाद पाठक लगाएतको टिमले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हो ।
कोरोना भाईरस नियन्त्रण रोकथाम तथा उपचारमा सहज बनाउने उद्धेश्यले सुर्यगढी गाउपालीकालाई पिपिई सेट, मास्क , पन्जा, स्यानिटाईजर भाईचर लगायतका स्वास्थ्य सामाग्री पालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रमान डङ्गोललाई नेकपा नुवाकोटका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले हस्तान्तरण गर्नुभएको हो ।

उक्र टोलीले लिखु गाउपालीकालाई यस अघिनै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।
उक्त टोलीले स्वास्थ्य सामाग्री अभाब भएमा निरन्तर सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्