२९ माघ २०८१, मंगलवार
Logo

गाउ फर्किएकाहरु बिधीपूर्वक एकान्तबासमा बसेनन् , सवारी आवागमनले उच्च जोखिम

नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागी लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेको आज ३५ औ दिन हो । नेपाल सरकारको लक डाउनसंगै नुवाकोट जिल्ला प्रशासनले नुवाकोटमा निशेधाज्ञा समेत जारी गरेको छ । तर नुवाकोटका सडकहरुमा गाडी गुड्न रोकिएको छैन । अनि मानिसहरुको हिडडुलमा पनि कुनै कमी आएको छैन ।


पैदल हिडेकाहरुलाई प्रहरीले सडकमा नै कोरोना कक्षा लिने नुवाकोट प्रहरी र नुवाकोट प्रशासनको रवाफ भने नेता तथा गाँउपालिकाको निर्देशनमा फिका परेकोछ । गाउपालिकाका अध्यक्ष तथा नेताहरुकौ निर्देशनका सवारी साधन बिनाकाममा नै गुडिरहेको सर्वसाधारणको गुनासो छ । गाउँपालिकाले लगानी गरेको बस नै दैनिक रुपमा काठमाडौं नुवाकोट ओहोर दोहोर गरिरहेको छ । तर सामान्य नागरिक एक किलो तरकारी किन्न बजार जाने देखी धारामा पानी भर्न जानेहरुलाई समेत प्रशासनले दुख दिइहरेको बिदुर नगरपालीका वडा नं ४ का स्थानिय बासिन्दा गिता थापाले बताउनु भयो ।

यसरी सवारी आवागमनले निकै उच्च जोखिम हुने अनुमान सजिलै लगाउन सकिन्छ । आइतबार मात्र ४० वटा भन्दा बढि बढी बस सदरमुकाम बिदुर हुदै गन्तब्य तिर गुढेको छ । बाटोमा नुवाकोट प्रहरीले रोकेर सामान्य चेक जाँच अनि सोधपुछसम्म पनि गरेको देखिएको छैन । काठमाडौ लगायतका जिल्लाबाट नुवाकोट आउने र नुवाकोटबाट सवारी साधनहरु बाहिर गइरहेको छ । सामान्य नागरिकलाई सडकमा भेटे सजाया दिने प्रहरीले यसरी सबारी साधन हुर्रहुर्ती किन गुढ्न दियो आम चासोको विषय बन्न थालेको छ । औषधि किन्न १०÷२० मिनेटको बाटो गुढेर बजार झर्ने सर्वसाधरणहरु भने प्रहरीलाई एक÷एक हजार रुपैयाँ राजश्व तिरेर आफ्नो मोटरसाइकल छुटाउनु पर्ने अवस्था छ ।

त्यसो त नागरिकहरु आफैले पनि लकडाउनको पालना गरेका छैनन् । अन्य जिल्लाबाट नुवाकोट प्रबेश गर्नेले अनिवार्य २१ दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरे पनि नागरिक स्वयमले नै यसो नगरेको पाइएको हो । शिवपुरी गाउपालिकाका रामशरण थापाका अनुसार गाउमा आफ्नै घरको एकान्तबासमा रहनुपर्नेहरु विधि पुर्वक बसेका छैनन् । काठमााडैंबाट गाउँ प्रवेश गरेकाहरु मेलापात र गाउँ घुम्नमा व्यवस्त हुने गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

स्वास्थ्य कार्यालय नुवाकोटले आइतवार तयार गरेको प्रतिवेदनमा एक हजार एक जना होम क्वारेन्टाइनमा रहेको भनिइपनि यसलाई हचुवाको भरमा बनाएको वा काठमाडौ.बाट पछिल्लो दिनमा जिल्ला पसेको सबेको विवरण होम क्वारेन्टाइनमा हालेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्