१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा होम क्वारेन्टानमा बस्नेको संख्या ६ सय ६९ जना पुग्यो , पालीकाको क्वारेन्टाइन भने खालि

नुवाकोटमा एकान्तबासमा बस्ने नागरिकको संख्यामा निकै बृद्धि भएको छ । बिहिबार शुक्रबार र शनिबार नेकपा नुवाकोटले काठमाडौमा अलपत्र रहेका आफ्ना नागरिक नुवाकोट ल्याए पछि होम क्वारेन्टाइन तथा एकान्तबासमा बस्नेको संख्या बढेको हो ।
नेकपा नुवाकोटले संबन्धित गाउपालीकासंग समन्वयन गरि नुवाकोटका करिब एक हजार बढी नागरीक नुवाकोट ल्याएको बागमती प्रदेश सांसद हिरानाथ खतिवडाले बताउनु भयो ।
त्यस्तै स्वस्थ्य कार्यलय नुवाकोटले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहिबार ३१ जना आफ्नै घरको एकान्तबासमा रहेका थिए भने शनिबार होम क्वारेन्टाइनमा बस्नेको संख्या ६ सय ६९ जना पुगेको छ । नुवाकोटका स्थानिय तहले बनाएको एकान्तबासमा बस्ने ८ जना मात्र छन् ।
यो ३ दिनमा काठमाडौंबाट नुवाकोटमा नागरिक ठूलो संख्यामा उपत्यकामा लकडाउनका कारण समस्यामा परेको मजदुर, विद्यार्थीहरुलाई जिल्ला ल्याउने काम भएको छ ।

२१ दिनसम क्वारेन्टाइनमा विशेष सर्तकता सहित बस्नु पर्नेमा नुावकोटका स्थानिय तहमा यसो नभएको पाइएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा जोखिम कम गर्र्न नेपाल सरकारले गरेको लक डाउन को आज ३३ दिन पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्