१२ श्रावण २०८१, शनिबार
Logo

संगम बचत तथा ऋण सहकारीद्धारा बिदुर नगरपालिका दैवि बिपत उद्धार राहत कोषमा ५५ हजार ५ सय ५५ हस्तान्तरण

संगम बचत तथा ऋण सहकारी संस्थाले बिदुर नगरपालिका दैवि बिपत उद्धार राहत कोषमा ५५ हजार ५ सय पचपन्न रुपैया हस्तान्तरण गरेको छ ।
शनिबार संस्थाका अध्यक्ष नारायण श्रेष्ठले नगरपालिकाका मेयर सन्जु पण्डितलाई संस्थाका पदाधिकारी तथा संचालकहरुको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भयो । कोरोना भाईरस (कोभिड १९) को महामारी नियन्त्रण तथा रोकथामको लागि उक्त रकम हस्तान्तरण गरिएको सस्थाले जनाएको छ ।
अध्यक्ष श्रेष्ठले आफ्नो सस्थाले प्रदान गरेको रकम सदुपयोग हुने बिश्वास ब्यक्त गर्नु भयो । नगरप्रमुख पण्डितले बिपदको अवस्थामा बिदुर नगरपालिकको राहत कोषमा सहयोग गर्ने पहिलो संस्था संगमसहकारी रहेको बताउनु भयो । त्यस्तै अन्य सहकारी संस्था, बिभिन्न संघ संस्थाहरु तथा सहयोगी महानुभावहरुले कोषमा सक्दो सहयोग गर्न प्रमुख पंडितले आग्रह गर्नुृभयो ।
३२७ जना शेयर सदस्यहरु रहेको सहकारीमा आर्थिक समस्याको मध्यनजर गर्दै अग्रिम लाभांस स्वरुप प्रति सदस्य ५००० वा शेयर रकमको १० प्रतिशत रकम सदस्यहरुको घर घरमा गई बितरण गर्ने निर्णय गरिएको संस्थाका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले बताउनु भयो । सहकारी संस्थाले संस्थाबाट ऋण कारोवार गरिरहेका शेयर सदस्यहरुलाई लकडाउन अवधिभर र लकडाउन अन्त्य भएको एक महिना सम्ममा बुझाउन बाकी ऋण रहेमा त्यसमा कुनै हर्जाना नलाग्ने , भुक्तानी गर्नुपर्ने ब्याज र किस्ता एकमुष्ठ बुझाएमा ब्याजको १० प्रतिशत छुटहुने बताउनु भयो ।
सहकारी मन्त्रालय, बागमती प्रदेशको बैशाख ११ गतेको निर्णयानुसार संस्थाले निक्षेप रकम फिर्ता लिन आउने सदस्यहरुलाई भुक्तानी दिन भनेको छ । सोही अनुरुप संस्थाको कार्यालयबाट निक्षेप भुक्तानी गर्ने तथा आफ्ना शेयर सदस्यहरुलाई लकडाउनले गर्दा हिडडुल गर्न समस्या भएकोले नगरका बिभिन्न क्षेत्र गंगटे, बट्टार, बिदुर, त्रिशुली र कोलनीमा सम्र्पक ब्यक्ति तोकि निक्षेप भुक्तानी गरिरहेको संस्थाका सचिव बिष्णु कुमार चित्रकारले बताउनु भयो ।


संस्थाले स्थापनाकाल देखी नै जिल्लाका बिभिन्न स्वास्थ्य, शैक्षिक, खेलकुद, सामाजिक तथा धार्मिक क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरिरहेको संस्थाका ब्यवस्थापक अजय कुमार थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्