१२ श्रावण २०८१, शनिबार
Logo

शनिबार पनि काठमाडौमा अलपत्र परेका नागरीक नुवाकाट ल्याउदैछौ – नेकपा अध्यक्ष खतिवडा

नेकपा नुवाकोटले बिहिबार र शुक्रबार गरि काठमाडौमा रहेका नुवाकोटका करिब १ हजार भन्दा बढी नागरिक नुवाकोट ल्याएको छ । तारकेश्वर गाउपालिका म्यागंङ गाउपालिका, तादी गाउपालिका , दुप्चेश्वर गाउपालिका ,किस्पाङ गाउपालीका बिदुर नगरपालका, बेल्कोटगढी नगरपालीकाका नागरिकहरुलाई २० वटा बस मार्फत नुवाकोट ल्याईएको हो ।


सनिबार पनि केहि बसहरु नागरिक लिएर नुवाकोट आउने नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताउनु भयो । फर्कनै पर्नेहरुले शनिबार बिहान ५ बजे माछापोखरीमा आईपुग्न समेत अनुरोध गर्नु भएको छ । उहाका अनुसार काठमाडौमा बस्न नसकिने भन्दै नागरिकको गुनासो अझै आइरहेका छ । उहाले सहज परिस्थीती भए काठमाडौमा बस्न आग्रह समेत गर्नु भएको छ । तर समस्या परेकाहरुले भने सिधै आफुलाई ९८५११५८२०० मा सम्पर्क गर्न सकिने बताउनु भयो ।


अध्यक्ष खतिवडाले नुवाकोट फर्कि सक्नु भएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नु भएको छ साथै सबै नागरिकहरुलाई उच्च साबधानी अपनाउन समेत आग्रह गर्नु भएको छ ।
ज्यालारमजदुरी गर्ने , बिद्यार्थी , काम परेर काठमाडौ पुगेका तर फर्कन नपाएकाहरुलाई सम्बन्धीत पालिका संगको सहकार्यमा नुवाकोट ल्याइएको नेकपा नुवाकोटले जनाएको छ । किस्पाङगाउपालीका र बिदुर नगरपालीकाका नागरिक पैसा तिरेर फर्केका छन् भने अरु गाउपाउपालीकाले भने आफ्ना नागरिकहरुको बस भाडा तिरिदिएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्