२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

कृषि ज्ञान केन्द्र नुवाकोटले प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा प्रवाह

कृषि ज्ञान केन्द्र नुवाकोटले प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा प्रवाह गर्ने भएको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण तथा नियन्त्रण गर्न देश बन्दाबन्दीको अबस्थामा रहेका बेला ज्ञान केन्द्रबाट उपलब्ध सेवा कृषक सामु पुर्याउनलाई प्राविधिक कार्यदल बनाइएको हो । कृषि जन्य उत्पादनलाई किसानले निरन्तरता दिइरहेको अवस्थामा प्राविधिक ज्ञानको अभावले गर्दा क्षति नपरोस् भनेर सेवा सुरु गरिरहेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।
कृषी ज्ञान केन्द्र नुवाकोटका अनुसार कृषकहरुले फोन, इमेल,फेसबुक मार्फत सेवा लिन सकिने छ ।
नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले किसानलाई खेतीपाती गर्ने क्रममा कुनै समस्या भएमा समाधानको लागि सबै स्थानीय तहसँग समन्वय गरिरहेकोे केन्द्रले जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्