१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

जिल्ला अस्पताल त्रिशुलीमा दुइ थान पिपिईबुथ ,काेराेनाकाे परिक्षण र स्वाब संकलनमा सहज हुने

जिल्ला अस्पताल त्रिशुलीमा कोराना संक्रमितको परिक्षण तथा स्वाव संकलन सहज बनाउन नेपाल इञ्जिनियर्स एशोसिएसन बागमती प्रदेशले र केनान्स युपिभिसी फेब्रिकेशन प्रालि काठमाडौंले १ /१ थान पिपिईबुथ अस्पताललाई हस्तान्तरण गरेको छ ।
पिपिई बुथ हस्तान्तरण कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशका सांसद हिरानाथ खतिवडा, अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने,अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रेमकुमार राई, पिनका केन्द्रिय सदस्य अनिल नेपाल लगायतको सहभागिता रहेको थियो ।
कोरोना भाइरसको स्वाव परिक्षण तथा संकलनलाई सुरक्षीत बनाउन पिपिईबुथ प्रदान गरेको नेपाल इञ्जिनियर्स एशोसिएसन बागमती प्रदेशले जनाएको छ ।
नुवाकोट सरोकार समाजको पहलमा कोरोना संक्रमिणकोे स्वास्थ्य परिक्षण गर्न र स्वाब संकलन गर्न सहज हुने ,पिपिई को खपत समेत कम हुने भएकोले पिपि बुथ उपयोगी हुन सक्ने नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्