धादिङको थांक्रे गाउँपालिका ३ मा करेण्ट लागेर दुई जनाकोमृत्यु ,सात घाइते
धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । सात जना घाईते भएका छन भने एकको अबस्था गम्भिर रहेको छ ।
सोमबार परेको चट्यांले थांक्रे गाउँपालिका ३ वालुवाखर्कमा रहेको बिद्युत्त ट्रान्सफर्मर पडकिएपछि बिद्युत्त लाइनमा हाईभोल्टेज भएर करेन्ट प्रवाह अनियन्त्रित हुंदा लेकमल्डुङ र बेसी मल्डुङ गाउँमा घर घरमा करेन्ट सर्ट हुन पुगेको हो ।
थांक्रे गाउँपालिका वडा नम्बर ३ बेसी मल्डुङका ५० बर्षिय सानुमान तामाङ र २४ बर्षिय सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो , भने सोही ठाउँका रुपक अर्याल गम्भिर घाईते भएर उपचारका लागि काठमाण्डौं पठाईएको छ । घाईते भएका लेक मल्डुङका अन्य ४ जना महिला र २ जना पुरुषको भुमेस्थान स्वास्थ्य चौकी अमर्खुमा उपचार भईरहेको छ ।
घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफगर्न चार्जमा रहेको मोवाईल झिक्न खोज्दा र करेन्ट लागेको अर्काे व्यक्तिलाई तान्न खोज्दा दुर्घटना भएको गाउँलेहरुले बताएका छन ।
यस क्षेत्रमा केही बर्ष अघि पनि लघु जलबिद्युत्त गृहमा चट्याङ पर्दा मानविय क्षती भएको थियो ।
प्रतिक्रिया दिनुहोस्