१२ श्रावण २०८१, शनिबार
Logo

संकटको अबस्थामा सबैलाई धैर्यधारण गरि सुरक्षीत रहन संघिय सांसद तामाङको आग्रह

संघिय सांसद हित बहादुर तामाङले संकटको अबस्थामा सबैलाई धैर्यधारण गरि सुरक्षीत रहन आग्रह गर्नु भएको छ ।
जालपा न्युज संगको संक्षिप्त कुराकानीमा सांसद तामाङले कोरोनाको जोखिम बाट बच्न र बचाउन अतिआबश्यक काम भन्दा बढी बाहिर हिड्डुल नगर्न आग्रह गर्नु भएको छ ।
उहाले असंगठित क्षेत्रका श्रमजीवी मजदुर र समाजका असहाय समुदायका जनताको पहिचान गरि राहत सामाग्रीहरु वितरण गर्न जिल्ला एवम् स्थानीय तहका नेता कार्यकर्ताहरुलाई व्यवस्थित रुपले परिचालन गर्ने निर्णय भएको बताउनु भएको छ । वाग्मती प्रदेशको सह इञ्चार्ज समेत रहेका तामाङले आफ्नो जिल्ला र आफ्ना निर्वाचन क्षेत्रका कार्यकर्ताहरुलाई समस्यामा परेकाहरुको समस्या सामाधानमा लाग्न समेत आग्रह गर्नु भएको छ ।
बैशाख १ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाग्मती प्रदेश कार्यालयको भर्चुअल(भिडियो कन्फरेनस) बैठकले समेत कोरोना भाइरसको रोकथाम ,नियन्त्रण र परिक्षण तथा उपचारको काम राहत सामाग्रीहरु वितरण गर्न जिल्ला एवम् स्थानीय तहका नेता कार्यकर्ताहरुलाई व्यवस्थित रुपले परिचालन गर्ने निर्णय भएको बताउनु भएको छ । समस्यामा परेका जनातालाई आफुले सधै सहयोग गर्ने उहाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्