१२ श्रावण २०८१, शनिबार
Logo

लक डाउनमा जुवा तास खेलाउदै , जाड रक्सी बेच्दै


कोरोना माहामारीले पुरै बिश्व आक्रान्त बनेको छ । कोरोना संक्रमण नियन्त्राण तथा जोखिम न्युनीकरणको लागी नेपाल सरकारले गरेको लक डाउन र जिल्ला प्रशासन कार्यलयले जारी गरेको निशेधाज्ञाको पालना नभएको पाइएको छ ।
देस अहिले लक डाउन तथा बन्दाबन्दीको अबस्थामा छ । सरकारले अतिआबश्यक काम बाहेक घर बाहिर ननिस्कन आाग्रह गरेको छ । हुलमुल तथा भिडभाड नगर्ने ,पाच जना भन्दा बढी भेला हुन नपाउने, कुनै सभा, सम्मेलन, कार्यक्रमहरु गर्न नपाउने घोषणा राज्यले गरेको छ ।
तर बिदुर नगरापालिका वडा नं १० गेर्खुखोलामा भने यो नियम पालना नभएको पाइएको छ । लक डाउन सुरु भएको तीन सता बितिसक्दा पनि त्यहाँ कुनै प्रभाब परेको देखिदैन ।

जुवातास, जाड रक्सी को ब्यापार भैरहेको छ । दिनहु ५० ( ६० जनाको भेला हुने केन्द्र बनेको छ , दारेगौडा , नयागाउ, भुत्यहाँ , गेर्खुटार गरी ४ चार गाउका मानिस जम्मा हुने गरेको छ । प्रहरी प्रशासनले पटक पटक जानकारी गराउदा पनि बेवास्था गरी स्थानिय बिहान देखी बेलुका सम्म अनाबश्यक रुपमा जम्मा हुने स्थानियले बताएका छन् ।

यस बिषयमा आफुहरुलाई कुनै जानकारी प्राप्त नभएको नुवाकोटका साहायक जिल्ला अधिकारी बद्रिनाथ गैरेले जालपा न्युज संग बताउनुु भयो । त्यस्तै नुवाकोट प्रहरी प्रमुख अबिनारायण काफ्लेले प्रहरी टोली खटाई दोषी पाइएका कारबाही गरिने बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्