२८ आश्विन २०८१, सोमबार
Logo

“बालबलीकालाई १५ महिना सम्म खोप लगाउदा फरक पर्दैन” – खोप अधिकृत कार्की

कोरोना प्रभावले अन्य क्षेत्रमा जस्तै खोप क्षेत्रलाई पनि नराम्रोसंग प्रभाव पारेको छ ।


नेपाल सरकारले चैत्र ११ गते देखी गरेको लक डाउन तथा जिल्ला प्रशाशन कार्यलय नुवाकोटले जारी गरेको निशेधाज्ञाको कारण बाल खोप सेवा प्रभाबित बनेको छ । खोप सेवा प्रभाबित भए सगै अभिभावकहरु चिन्तीत भएका छन् ।

बालबालीकाहरुलाई नियमित रुपमा खोप नलगाउदा भबिष्यमा पर्न सक्ने जोखिम को बिषयमा सोचेर अभिभावक चिन्तित छन् । नेपाल सरकारले स्वास्थ्य कार्यलयहरुलाई परिपत्र गरि कोरोनाको संभाबित जोखिम कम गर्न सबै खोप सेवा बन्द गर्न भनेको छ । सोही अनुरुप नुवाकोटमा जिल्ला अस्पताल त्रिशुली सहित सबै खोप केन्द्रले खोप सेवा बन्द गरेका छन् ।


तर १५ महिना सम्म खोप लगाउदा खासै फरक नपर्ने हुदा नआत्तिन खोप अधिकृत राजाराम कार्की बताउनु हुन्छ । उहाले पर्याप्त मात्रामा जिल्लामा खोप नभएको र खोप गाउ गाउमा पठाउन कठिन परिस्थीती रहेकोले समेत खोप सेवा बन्द गरिएको बताउनु भयो । लक डाउन खुले सगै खोपका नियमित काम गरिने तथा १५ महिना भित्र खोप लगाउनु पर्ने हुदा अहिले नै आत्तिहाल्नु पर्ने अबस्था नरहेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्