२० मंसिर २०७८, सोमबार
Logo
Hotel Yangra Nuwakot Trishuli

२२ दिन देखी अलपत्र मजदुर घर फर्किए

पिपलटारमा २२ दिन देखी अलपत्र परेका १२ जना आज आ आफ्नो घर फर्किएका छन् । नेपालटेलीकमको अप्टिकल फाइबर बिछ्याउने काम गर्ने ती मजदुरहरुलाई काम गर्ने ठेकेदार प्रमोद कुमार फरार रहे पछि उनिहरु बेखर्ची रहेका थिए ।
उनीहरुलाई मंगलबार बिदुर नगरपालीकाको आर्थिक सहयोग तथा उप प्रमुख गिता कुमारी दाहालको पहलमा आज घर पठाइएको छ । खाद्यन्न समस्या झेलिरहेका ति मजदुरहरुलाई पंचकन्या गाउपालीका र लिखुगाउपालीकाका युवाहरुले खाजा समेत उपलब्ध गराएका छन् । समाज सेवी भगवान न्यौपाने तथा रामचन्द्र अगस्ती सहितका अन्य ४ जनाले आफ्नो दैनिक खर्च कटाएर करिब ४ हजार ५ सय बराबरको खानेकुरा सहयोग गरेका हुन् ।

त्यस्तै बिदुर नगरपालीका वडा नं ५ का वडा सचिव शिबहरी गजुरेलले आफ्नो दैनिक खर्च कटाएर बटो खर्च प्रदान गर्नु भएको छ । वडा सचिव गजुरेलले खाद्यान्न समेत सहयोग गरेको मजदुरहरुले बताएका छन् ।
जालपा न्युज तथा मिक्स एफ् एम् , जिल्ला खबरमा पत्रकार रुपा अर्यालले प्रसारण प्रकाशन गरेको समाचार पछि तथा बिदुर नगरपालीकाले उनीहरुलाई नगरपालीका कै कार्यलयमा बोलाएर समस्या समाधान गरिएको हो ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्