तारकेश्वर गाउपालीकाका ९ जनाको स्वाव संकलन परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइयो
सोमबार नुवाकोटको तारकेश्वर गाउपालीकाका ९ जनाको स्वाव संकलन परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
बागमती प्रदेश सरकारले र्या्िपड डिटरमाईन टेष्ट किट उपलब्ध गराएपछि शनिवारबाट नुवाकोटमा कोरोनाको परीक्षण सुरु गरिएको थियो ।
आइतबार जिल्लाका तारकेश्वर गाउपालीकाको ७६ जनाको परिक्षण गरिएको मा सबैको े रिपोट नेगेटिभ आएको थियो । सोमबार परिक्षण गरिएका ९ जना कै भने स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको छ । उनिहरु चैत्र ४ , ८, र ९ गते भारतबाट आएका थिए ।
कोरोनाको तिब्र परीक्षण सुरु गरिए सगै स्थानिय ब्यक्तीहरुमा त्रास कम भएको तारकेश्वर गाउपालीकाका अध्यक्ष रमेश वस्तीले बताउनु भयो । भारत लगाएतका देशहरुबाट चैत्र ४ गतेदेखि १५ गतेसम्म आएका सबैको तिब्र परिक्षण गरिने स्वास्थ्य कार्यलय नुवाकोटले बताएको छ । जिल्ला प्रबेश गरेका बढी उमेरका ब्यक्तीहरुको परिक्षण सुरु भएको छ । सोही अनुरुप ६ दिन जतीमा परिक्षण गरि सकिने समेत स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागर घिमिरेले बताउनुभयो ।
नुवाकोटमा हाल १५२ जना होम क्वारेन्टाइनमा रहेका छन् । नुवाकोटमा २७२ वटा क्वारेन्टाइन बेड , १६ आइसोलेसन वेड रहेको छ, भने १५ वटा एम्बुलेन्स तयारी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्