१२ श्रावण २०८१, शनिबार
Logo

तारेकश्वर गाउपालीकामा रहेको क्वारेन्टाइन घर तथा स्वास्थ्य चौकीको अनुगमन

तारेकश्वर गाउपालीकामा रहेको क्वारेन्टाइन घर तथा स्वास्थ्य चौकीको शुक्रबार अनुगमन गरिएको छ ।
नुवाकोट क्षेत्र नं २ का संघिय सांसद नारायण प्रसाद खतिवडा , गाउपालीकाका प्रमुख रमेश वस्ती , नुवाकोट प्रहरी प्रमुख अबिनाराण काफ्ले, तथा वडा अध्यक्षहरुको संयुक्त टोलीले तारकेश्वर गाउपालीकामा रहेको क्वारेन्टाइन तथा स्वास्थ्य चौकीहरुको अनुगमन गरको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वरेन्टाइन निर्माण भए नभएको र अन्य व्यवस्थापनका विषयमा पनि टोलीले छलफल गरेको छ । क्वरेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्य्विधिअनुसार मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन गरिएको गाउपालीकाले जनाएको छ ।


त्यस्तै टोलीले स्वास्थ्य सस्थाहरुमा औषधी तथा आउने गरेका बिरामीहरु स्वास्थ अबस्थाको समेत जानकारी लिएको छ ।
नुवाकोट प्रहरी प्रमुख अबिनारायण काफ्लेका अनुसार क्वारेन्टाइन घरमा बसेका मानिसहरुको अबस्था बुज्दा सबै नियम संगत बसेका छन् । गाउपालीकाले बनाएको क्वारेन्टाइनमा औषधीको राम्रो ब्याबस्था ,स्वास्थय सुरक्षाको राम्रो तयारी गरि ब्याबस्थित तबरले संचालन गरेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । भारत तथा अन्य देशबाट आउनेहरुको स्वास्थ्यमा हाल सम्म कुनै प्रकारको समस्या नरहेको प्रहरी प्रमुख काफ्लेको भनाई छ ।


लकडाउनका कारणले बिपन्न , दैनिक ज्याला मजदुरी गर्नेहरुको दैनिकीमा परेको समस्या समाधान गर्न लगत सुंकलन गरि राहत केही दिनमा नै बितरण गर्ने पालीकाले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्