१२ श्रावण २०८१, शनिबार
Logo

लक डाउनको १८ औं दिन नुवाकोटका सडकहरु सुनसान

लक डाउनको १८ औं दिन शुक्रबार पनि नुवाकोटका सडकहरु सुनसान देखिएका छन् । चैत ११ गतेबाट सुरु भएको लक डाउनको कारण नुवाकोट सदरमुकामका सडक सुनसान छन् । अत्यावश्यक सवारी, अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन् । ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ ।

नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लक डाउन घोषणा गरिएको थियो । सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको छ ।

सरकारले दोस्रोपटक २५ गतेसम्मका लागि समय थप गरेको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रोपटक गत सोमबार बैशाख ३ गतेसम्म लक डाउनको अवधि थपेको छ । सरकारले अन्तर्रा्ष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।
नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको घर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्