१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण देखियाे

नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । 

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

कैलालीमा कोरोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा  पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । 

Shivapuri rural municipality awareness message jalapanews

उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्