१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

निषेधाज्ञाको अबज्ञा गरी हिडेका ३७ जना पक्राउ ,२८ मोटरसाइकल प्रहरी कारबाहीमा

पछिल्लो तिन दिनमा निषेधाज्ञाको अबज्ञा गरी हिडेका ३७ जना मानिसहरुलाइ नुवाकोट प्रहरीले नियन्त्रणमा लिगी सम्झाइ बुझाइ छाडेको छ ।
लकडाउनको समयमा सवारी साधन चलाउने तथा निषेधाज्ञाको अबज्ञा गर्ने २८ मोटरसाइकल , २ वटा स्कुटर , १ कार समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिगी आवश्यक कारबाही गरेको नुवाकोट प्रहरी प्रमुख अबिनाराण काफ्लेले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो तिन दिनमा गस्तीको क्रममा निस्किएको प्रहरीटोलीले ५६५ लिटर अबैध गरेलु मदिरा र ३०० लिटर अबैध घरेलु मदिराको कच्चा पदार्थ नष्ट गरेको छ ।

जिल्लाका तारकेश्वर गाउपालीकाको दाङसिङ, तारुका, माझिगाँउ, बेलकोटगढी नगरपालीका वडा नं ७ को नन्दुटार लगाएतका स्थानमा बनेका घरेलु मदिरा नस्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्